२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

वीरगंजको मुर्लीमा सांसद यादवद्वारा बिबाह भवनको शिलन्यास

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

रंजित चौरसिया
वीरगंज,२ चैत्र।पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गरेका हुन ।

पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु २५ लाखको लागतमा वीरगंजको मूर्लिमा बिबाह भवन निर्माण हुने कार्यको सांसद यादवले आाईतबार एक कार्यक्रमका बिच विधिवत पूजा पाठ गरी शिलन्यास गरेका हुन ।

पर्सा क्षेत्र नं. १ को वीरगंज महानगरपालिका वडा नं. १२ मा पर्ने मूर्ली गाउँका विभिन्न समुदायको बिबाह, समाजिक कार्यक्रम लगायत गरिब, निमुखाहरुले पनि खुसियालीका साथ धुमधामसंग बिबाह गर्न सजिलो हुने गरि बिबाह भवनको शिलन्यास गरिएको सांसद यादवले बताए ।

उनले समाजको उनतीका लागि गर्न सकिने सम्पूर्ण कार्यमा आफ्नो उत्साह जनक सहभागिता रहने गरि र कार्य गरिने प्रतिबधत्ता जाहेर गरे साथै बिकाश निर्माणको कुनै कार्यमा कुनै किसिमको गल्ति न गरिने र सबै बिकाश कार्यको निगरानी गर्न सम्पूर्ण समाजको दायित्व भएको हुनाले विकास का कार्यमा हाथेमालो गरि अगाडी बढ्न आग्रह गरे ।

शिलन्यास कार्र्यक्रममा जिल्ला समन्वय समितिका सभापति नेक महमद अन्सारी,वार्ड न.१२ का अध्यक्ष रामदरश कुशवाहा , नगरपालिका सदस्य रमेश साह कानु,सुराती देवी ,निलम कुमारी कुशवाहा , समाजवादी पार्टी का जिल्ला सदस्य मुस्तकिम हवारी ,नगर उपाध्यक्ष सेख रुस्तम ,संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायत सैकड़ो स्थानीयको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]