२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

एकसाथ हटाइए उपत्यकाका सबै घुमुवा प्रहरी

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौं,२चैत्र। उपत्यकामा सादा पोसाकमा खटिँदै आएका सबै प्रहरी जिम्मेवारीबाट हटाइएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपपछि महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा सादा पोसाकमा खटिँदै आएका ७४ जना प्रहरीलाई एकसाथ जिम्मेवारीबाट हटाएको हो ।

जिम्मेवारीबाट हटाइनेमा १० वर्षदेखि एकै स्थानमा घुमुवाका रूपमा कार्यरत प्रहरीसमेत छन् ।

यसरी हटाइनेमा १८ वटा महानगरीय प्रहरी वृत्त र प्रभागबाट गरी १७ जना अधिकृत र ५७ जवान छन् ।

सबै घुमुवा प्रहरीलाई एक साथ जिम्मेवारी परिवर्तन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिए ।

घुमुवा प्रहरीलाई सादा पोसाकमा सूचना संकलनका लागि खटाइँदै आइएको थियो । उनीहरूमाथि ‘हप्ता असुली’सहितका अनैतिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लाग्दै आएको थियो ।

डीआईजी पोखरेलले लामो समयदेखि एकै स्थानमा रहेर काम गर्दासमेत काममा प्रभावकारिता नदेखिएको भन्दै उनीहरूलाई एकसाथ परिवर्तन गरिएको बताए । -राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]