१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

नेपाली भूमि भारतमा परेपछि सीमा स्तम्भ भत्काए

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
कैलाली,२ चैत्र। कंचनपुरको दक्षिण भेगमा संयुक्त सीमा टोलीले नेपाली भूमिमा गाडेको सीमा स्तम्भ स्थानीयवासीले तोडेका छन्। नेपाल भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा भर्खरै राखेको ७८३ र ४ नम्बर पिल्लर स्थानीयवासीहरूले हतौडा र ढुंगा प्रहार गरी भत्काइदिएका हुन्।

नयाँ सर्भेको क्रममा सीमा स्तम्भ गाडेर नेपाली लालपुर्जा रहेको जमिन भारततर्फ पारिएको भन्दै स्थानीयले विरोध गर्दै तोडफोड गरेका हुन् । अहिले सीमा सर्भेको कामसमेत रोकिएको छ । ५० वर्षभन्दा बढी समयदेखि बस्दै आएको उक्त वस्तीका वासिन्दाको जमिन भारतमा परेसँगै त्यस क्षेत्रमा सीमा विवाद बढेको हो।

नेपाली कांग्रेस कंचपुरका सभापति हरिप्रसाद बोहराले आफूहरूको अनुगमनको क्रममा सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा परेको बताए। तर आफूहरु उक्त विवादित क्षेत्रमा पुग्नुअघि नै स्थानीयवासीले पिल्लर तोडफोड गरेको उनले जानकारी दिए। सीमा स्तम्भ भत्काइएसँगै त्यस क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]