१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

रुपन्देहीमा जनमतको संगठन विस्तार तिव्रता दिदै

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
रुपन्देही,२ चैत्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा वडास्तरीय संगठन विस्तारमा तिव्रता दिएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो ।

जस अनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा वडास्तरीय तदर्थ समिति गरिएको छ । लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १ मा जयकरन वरीको नेतृत्वमा ३५ सदस्यीय समिति बनाइएको छ ।

त्यस्तै, वडा नम्बर २ मा भोला बनियाको नेतृत्वमा २१ सदस्यीय समिति र वडा नम्बर १२ मा दुर्गाप्रसाद यादवको नेतृत्वमा २१ सदस्यीयसमिति बनाइएको छ । त्यसैगरी, कोटहीमाइ गाउँपालिका वडा नम्बर १ मा रामकृष्ण यादवको नेतृत्वमा ३१ सदस्यीय समिति, कोटहीमाई गाउँपालिका वडा नम्बर ३ मा रामनरेश यादवको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ ।

त्यस्तै, गैडहवा गाउँपालिका वडा नम्बर २ मा राममिलन यादवको नेतृत्वमा २१ सदस्यीय वडा तदर्थ समिति निर्माण गरिएको छ । रुपन्देहीमा आइतबार पनि विभिन्न सात वडामा तदर्थ समिति बनाइँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]