२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

वडा प्रहरी कार्यालय विर्ताद्वारा घरेलु मदिरा नष्ट

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

दिपक चौरसिया
बिरगंज ,३ चैत्र । अवैध रूपमा उत्पादन गरिएको ४ सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

घरेलु मदिरा नियन्त्रणको लागी थालनी गरिएको बिशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका टोलीले बीरगञ्ज बाइपास ,छपकैया विभिन्न स्थितबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिनु भयो।

घन्टाघर चोक देखि बिरगंज भन्सार सम्मबाट ४ सय लिटर लोकल रकसी बरामद गरेको छ। विभिन्न प्लाष्टिकको ग्यालनहरुमा , बोटलहरुमा घरेलु मदिरा राखी लुकाई छिपाई बेची रहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।

बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगाएतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]