१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

तीन वटा विधेयक प्रदेश सभामा पेश

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,४ चैत्र । प्रदेश २ को प्रदेश सभा बैठकमा सोमबार तीन वटा विधेयक पेश भएको छ ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा तीन वटा विधेयक पेश भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई र आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट १ वटा विधेयक पेश भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश आवश्यक सेवा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश सभा बैठकमा पेश गरे ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा कानुनी व्यवस्थ ागर्न बनेको विधेयक २०७६ पेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]