१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

मास्क वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

न्यूजमधेश सम्बादाता
जीतपुर, ४ चैत्र । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को वडा कार्यालय र सचेत युवा समुहको संयुक्त आयोजनामा कोरोना भाईरस विरुद्धको अभियान शुरु गरेको छ ।कोरोना भाईरसको त्रास नेपालमा पनि बढ्दै गईरहेका बेला वडा कार्यालयले कोरोनाभाईरस विरुद्धको अभियान शुरु गरेको हो ।

अभियान स्वरुप वडा कार्यालयले १५ सय मास्क वितरण गरेको छ । सचेत युवाहरुको सहयोगमा वडा कार्यालयले १५ सय मास्क वितरण गरेको वडा अध्यक्ष केदार बजगाईले जानकारी दिए ।१५ सय मास्क मध्य १०० वटा मास्क जनजागृती माद्ययमिक बिद्यालय सखुवाघाटलाई वितरण गरिएको अध्यक्ष बजगाईले बताए ।

अभियान अन्र्तगत जनचेतना मुलक कार्यक्रम,गर्न टोल, टोलमा पुगेर कोरोना विरुद्ध लड्ने क्षमताको विकास,सरसफाई सम्बन्धी चेतना मुलक कार्यक्रम लगायत गरिने अध्यक्ष बजगाईले जानकारी दिए ।

अध्यक्ष बजगाईले बृद्धाद्धय लालबहादुर कुईकेल र लक्ष्मी प्रसाद उप्रेतीलाई मास्क बितरण गरेर अभियानको सुरुवात गरेका थिए । मास्क जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.१६ ,१७ र १८ मा बितरण गरिएको थियो । अभियानमा सचेत युवा समुहका संयोजक रामचन्द्र भट्टराई ,समाजसेवी रोशन उप्रेती ,कुमार तिमलसिना, मलक नेपाल,हरिदेव खरेल, गंगा दंगाल लगायतको उपस्थिती रहेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]