१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

आजदेखी राजापाको अध्यक्ष मण्डलका सन्योजक भण्डारी

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डु,५ चैत्र ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको अध्यक्ष मण्डलका संयोजक फेरिएका छन् ।चैत ५ गतेदेखि शरत सिंह भण्डारी राजपा अध्यक्ष मण्डलका संयोजक बनेका छन् ।

संयोजक महेन्द्र राय यादवले मंगलवारी जारी गरेको विज्ञप्तिमा बुधवारदेखि भण्डारी संयोजक भएको जनाए ।राजपाको केन्द्रिय अध्यक्ष मण्डलका संयोजक हरेक २ महिनामा फेरिने गरेकोछ ।

राजपामा अन्य कुनै काम समयमा नभएपनि अध्यक्ष मण्डलका संयोजक ठिक दुई महिनामा परिवर्तन हुने गरेकोछ ।यादवको कार्यकाल पुरा भएपछि भण्डारी संयोजक बनेका छन् ।

भण्डारीपछि अनिल झा संयोजक हुने छन् ।संयोजक फेरिएपनि त्यसले गर्ने कामको ‘मार्ग चित्र’ बनेको छैन् ।यादव संयोजक रहेका बेला समाजवादी पार्टीसित एकिकरणका लागि निरन्तर प्रयास गरेका थिए ।तर अध्यक्ष मण्डलका अन्य सदस्यहरुको असहयोगको कारण पार्टी एकिकरण हुन सकेन् ।

भण्डारी संयोजक भएपछि पार्टीलाई संघीय सरकारमा सहभागि गराउने भरमग्दुर प्रयास गर्नेछन् ।उनले पार्टीलाई सरकारमा सहभागि गराएर मन्त्री बन्ने ध्याउन्नमा छन् ।यसका लागि उनलाई राजकिसोर यादव र अनिल झाले पूर्ण समर्थन गर्नेछन् ।

राजपाले हाल सम्म महाधिवेशन गर्न सकेको छैन् ।महाधिवेशनका लागि तल्लो निकायहरुको अधिवेशन समेत गर्न सकेको छैन् ।अबको महाधिवेशन एकताको महाधिवेशन हुने नारा दिएपनि त्यसका लागि औपचारिक वार्ता समेत सुरु हुन सकेको छैन् ।

पार्टी एकिकरण र महाधिवेशनको तयारीको प्रकृया अगाडी बढाउन नसकेको राजपाको जेठ महिनाको ५ गते झा संयोजक बनाइनेछ ।राजपा प्रदेश २मा स्थिति अझ भयावह छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]