०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

वीरगंज कारागारमा अग्रवाल र शेखले मच्चाए ब्रहमलुट

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

कृष्णा यादब
वीरगंज ,५ चैत्र ।कारागारमा अपराधीहरु को राज चल्ने गरेको समाचार प्राप्त भएको छ । जेल प्रशासनलाई मिलाएर चौकीदार बनेकाहरुले कारागारमा ब्रह्मलुट मचाउने गरेका छन् ।

वीरगंज कारागारमा लागूऔषध मुद्दामा सजाय भोग्दै आएका बिक्की अग्रवालको कारागारमा रजाइ चल्ने गरेको छ । अग्रवालकै इसारामा अर्का कैदी शेख भोलाले ब्रह्मलुट मचाउने गरेका छन् । यतिखेर कारागारका मुख्य चौकीदार दिनेश सर्राफ छन् तर सर्राफ नामका लागि मात्रका चौकीदार हुन् ।

कारागारभित्र बिक्की अग्रवाल र शेख भोलाको रजाइ चल्ने गरेको छ । वीरगंज कारागारका जेलर श्रवण पोखरेल छन् तर जेलभित्र अपराधीहरुको रजाइ चल्ने गरेको छ । कारागारको कमाइ जेल प्रशासन, जिल्ला प्रशासनदेखि गृह मन्त्रालयसम्म पुग्ने गरेको स्रोतले बताएको छ । कैदी बन्दीहरुमाथि चरम शोषण हुने गरेको छ ।

बिरामी पर्दासमेत उपचार गराउन अस्पताल जान चौकीदारलाई रकम दिनुपर्छ । कैदी बन्दीलाई सरकारले दिने बिदामा समेत भ्रष्टाचार हुने गरेको छ ।चौकीदार र नाइकेको शोषणको विरोध गर्नेलाई गोलघरमा राखेर यातना दिने गरिन्छ जसको कारण कोही कसैले मुख खोल्दैनन् । कारागारमा बिक्की अग्रवाल र शेख भोलाको एक छत्र राज चल्दै आएको छ ।

रकम दिनेलाई भने रेष्टुरेन्टमा लगेर मोजमस्ती गराइन्छ । जेल प्रशासनको मिलोमतामा नै कारागारभित्र मदिरा, लागूऔषध पुर्याइन्छ । मोबाइल फोन प्रयोग गर्न दिइन्छ । कारागराभित्र हुने अनियमितताको जिल्ला प्रशासन र जिल्ला प्रहरी पनि जानकार छन् तर कारबाई भने गरिंदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]