२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

बिभिन्न योजना प्रति असन्तुष्ट प्रेस विज्ञप्ती जारी: उपप्रमख खातुन

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

शहबाज खान
कपिलवस्तु,७ चैत्र।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपप्रमुख र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ ।

नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो ।

उपप्रमुख सबनम खातुनले प्रेस बिज्ञप्ति समेत जारी गरेकी छिन। यस नगरपालिका बाट आवश्यक कागजात र रीत नपुगेका उपप्रमुख को अनुगमन तथा अनुगमन प्रतिवेदन पेश नै नभएका तपशील का योजना हरुमा भएको भुगतानी साथै आवश्यक कागजात र रीत नपुगेका टेण्डर प्रकृया अगाडी बढाईएको बारेमा प्रश्न गर्दा नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र चौधरी बाट प्राप्त जबाफ पदिए जिम्मेवारी अनुसार नभएको ले र मेरा सलाहकार संग केही भनाभन समेत भएको ले उपप्रमख को अधिकार माथि सम्बन्धित व्यक्तिले गरेको उक्त व्यावहार र अपमान प्रति घोर आपत्ति प्रकट गरेको बताएकी छिन।

खातुनको भनाईनुसार मलाई जानकारी नै नदिई एकलौटि रुपमा टेण्डर आह्वान गर्ने , टेण्डर निकाल्ने र भुक्तानी दिएको विषयमा विवाद भएको छ। विकास निर्माणको काम नभएको तर १ करोड भन्दा बढि रकम निकासा दिएको रानी फिल्ड सरसफाई वडा नं ३, माडा धर्मशाला निर्माण वडा नं९,राम गोरखा मा. वि.भवन वडा नं ९, पल्टा माई सामुदायिक भवन वडा नं९, डुमाई घाट पुल निर्माण वडा नं१ योजनाका कामहरुको उपप्रमुख अनुगमन विना नै निमित्त प्रमुख प्रशासकिय अधिकृत लगायतको मिलेमतोमा भुक्तानी गरेको जनाए ।

विहिबार खुल्न लागेको वडा नं. ३ र ८ को पोखरी सुन्दरीकारणको टेण्डर र वडा नं. ९ र १० को बाटो निर्माणको टेण्डरका बारेमा पनि उप मेयरलाई कुनै जानकारी किन नदिएको भन्ने विषयमा बुझ्न खोज्दा विवाद भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]