२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

प्रहरीले नियम विपरित कुखुरा नष्ट गरेको व्यापारीको आरोप

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुराधाम,७ चैत्र। प्रहरीले जर्वजस्ती आफ्नो कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको सर्लाहीका एक पोल्ट्री व्यवसायीले आरोप लगाएका छन् ।

सर्लाहीको लालबन्दीमा रहेको यादव सप्लायर्स पोल्टी फर्मका संचालक रामवीर यादवले यस्तो आरोप लगाएका हुन् । उनले काठमाडौँ डेलिभरी गर्नका लागि किनेको कुखुरा प्रहरीले जबरजस्ती नियन्त्रण्मा लिएर नष्ट गरेको आरोप लगाएका छन् । उनले प्रहरीले व्यावसायीलाई मार पर्नेगरी काम गरिरहेको पनि गुनासो गरे ।

उनी विगत १९ वर्षदेखि कुखुरा व्यवसाय गर्दै आएका छन् । उनले काठमाडौँको प्रतिभा मिट हाउस प्रालिमा डेलिभरी गर्नका लागि फागुन २२ गते राति साढे ९ बजे सिरहा माडरबाट अढाई लाख मूल्य बराबरको कुखुरा खरिद गरेका थिए । क्वारेन्टाइनबाट समेत बिल लिएपनि सिरहा नगरपालिका ७ स्थित ट्राफिक बिट नजिक सोही राति १० बजे गाडी सहित कुखुरा नियन्त्रणमा लिएको गुनासो पोखे ।

उनले नियन्त्रणमा लिएको कुखुरा छुटाउन फागुन २२ गते डिएसपी विनोद घिमिरेसंग कुरा गर्दा समेत कुनै पहल नगरेको दुखेसो पोखेका छन् । आफूले सबै नियम प्रकृया पूरा गरेको सुनाउँदा समेत डिएसपी घिमिरेले वास्ता नगरेको उनको भनाई छ ।

प्रहरीले आफ्नो ना ४ च ९३६४ नम्बरको गाडी भन्सारमा पठाएको र सवारी चालकलाई समेत १८ दिनदेखि प्रहरीले नियन्त्रणमा उनले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]