२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बर्दियामा चैते धान रोपाइँ शुरु

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

न्यूजमधेश सम्बादाता
राजापुर ,७ चैत्र । धानको पकेट क्षेत्रका रुपमा मानिने बर्दियाको राजापुरमा चैते धान रोपाइँ शुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँको तयारी भइरहेको छ ।

गत वर्ष पाँच सय तीन हेक्टर क्षेत्रफलमा खेती गरिएकामा यस वर्ष करीब आठ सय हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनको कार्यालयले जनाएको छ ।

चैते धानको क्षेत्रफल बढाउन किसानलाई अनुदानमा बीउ वितरण, धानको नर्सरी ब्याडलाई चिसोबाट जोगाउन किसानलाई प्लास्टिक वितरण, पावर ट्रिलर, रिफर जस्ता साना हाते मेशिनरी समूहमा वा व्यक्तिगत रुपमा पनि अनुदानमा सहयोग, सिँचाइका लागि मोटर, सिँचाइ प्रणलीमा व्यवस्थापन गर्न सहयोग गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनका अध्यक्ष अग्निप्रसाद अर्यालले जानकारी दिनुभएको छ । चैते धानकै लागि राजापुर क्षेत्रमा चारवटा कस्टम हेयरिङ सेन्टरको स्थापना भइसकेको र यस वर्ष दुईदेखि तीनवटा स्थापना हुने तयारीमा रहेको अध्यक्ष अर्यालले बताउनुभयो ।

राजापुर क्षेत्रका किसानलाई चैते धान उत्पादनमा आकर्षित गर्न राजापुर क्षेत्रमा सुपरजोनको कार्यालयको एक करोड ५० लाख तथा समूह अथवा व्यवसायीको समान लगानीमा तीन करोड बराबरको आधुनिक चामल उद्योग स्थापनाको प्रक्रियामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका प्रमुख तपेन्द्रबहादुर शाहाले बताउनुभयो ।

धान उत्पादनको दृष्टिले हब नै रहेको भौरा क्षेत्रको नगरपालिका र गाउँपालिकाका धेरथोर सबै वडामा धान रोपिने कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]