१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

आजदेखि देश नै पूर्ण रुपमा ‘लक डाउन’ कालोबजारी गर्नेलाई तत्कालै पक्राउ गरी लुकाइएको सामग्री जफ्त गरिने

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डू,११ चैत्र । मंगलबार (आज) बाट सबैलाई घरमै बस्नुपर्ने हुन्छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी एक युवतीमा कोरोनाको संक्रमण देखिए लगत्तै सरकार देशलाई नै पूर्ण रुपमा ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

उप–प्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना सम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले देशलाई लक डाउन गर्ने निर्णय गरेको छ । निर्णयसँगै सरकारले मंगलबार बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन भनेको छ । निर्णय अनुसार मंगलबारदेखि एक सातासम्म घरबाहिर निस्कन पाउने छैनन् । यद्यपी औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामका लागि भने आउन सक्छन् ।

बैठकले सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सार्वजनिक वा नीजि यात्रुवाहक सवारी साधन चलाउन नपाइने निर्णय सरकारले गरेको छ ।

आजदेखि एक हप्तासम्म आन्तरिक उडान पनि बन्द भएको छ । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गरिने भएको छ ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालयका कर्मचारीलाई विदा दिन भनिएको छ । कार्यालय संचालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था मिलाउन सरकारले भनेको छ ।

यस्तै, औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगलाई विदा दिन सरकारले भनेको छ ।

सरकारले कालोबजारी गर्नेलाई तत्कालै नियन्त्रणमा लिई लुकाइएको सामग्री जफ्त गर्ने जनाएको छ ।

अभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गरिने सरकारले निर्णय गरेको छ ।

यस्तै, व्यवसायीहरुलाई औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्न भनिएको छ ।

सरकारले संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्न भनिएको छ ।

संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पु¥याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने सरकारले चेतावनी समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]