१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

‘लकडाउन’ रहर होइन मजबुरी हो : नगरप्रमुख साह

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, ११ चैत्र । हावाहुरी जस्तै विश्वभरिमा फैलिरहेको कोरोना भाईरस जनकपुरधाम उपमहानगरपालिका र संघीय सरकारको रहर होइन, वेवस्ता रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले बताएका छन्।

उनले भने ‘कोरोना भाइरस महामारी रोग हो । यसबाट बाँच्न र लड्नका लागि लकडाउन गरिएको छ । यसलाई सबैले पालन गरेमा मात्र हामी बाँच्न र बचाउन सकिन्छ ।’

मेयर साहले कुनै प्रकारको शंका उपशंका लागेमा नजिकको स्वस्थ्य चौकीमा सम्पर्क गर्न सबैमा आग्रह गरे । उनले भने, ‘आपतकालिन अवस्थामा हामी सबै एकजुट भएर अगाडि बढनुपर्दछ । नगरवासीका लागि उपहानगरपालिकाका कर्मचारीहरु ज्यान जोखिममा राखेरप िन कार्य गरिरहेको छ।’

मेयर साहले हामी बाचेमा राष्ट्र बाँचिन्छ, त्यसैले यस्ता अवस्थामा डब्लूएचओको नियमलाई पालन गर्न र उपमहानगरपालिकालाई सहयोग गर्नका लागि सबैमा आग्रह गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका र संघीय सरकारले गरेको लकडाउनकोे प्रभाव जनकपुरधाम सहित यस क्षेत्रमा समेत परेको छ । जनकपुरधाम बजार पुर्णरुपमा बन्द रहेको रह्यो भने मोटरसाइकल तथा पैदल यात्री फाटफुट सडकमा चलेको देखियो । सरकारले बिना जानकारी लकडाउन गरेकाले पुर्व तयारी हुन नसक्दा सर्वसधारणलाई समस्या भएपनि लकडाउनलाई सवैले सहर्ष स्वीकारेका गरेका छन् ।

अत्यावश्यक सरसमान ग्याँस, इन्धन, औषधी र दैनिक उपोभोग्य समाग्रीहरुका पसल खुल्ने भनिएपनि त्यस्ता पसलहरु समेत बन्द भएपछि सर्व साधारणलाई सास्ती भएको छ । सडकमा ठाँउ ठाँउमा तिनै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीहरुले लकडाउन जनता र देशकै लागि भएकाले सफल बनाउन सडकमा भेटनेहरुलाई सम्झाइ रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]