२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

कोरोनाबाट बच्न र बचाउन सजग, सतर्क रहनुपर्ने :मुख्यमन्त्री राई

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

न्यूजमधेश सम्बादाता
विराटनगर ,१७ चैत्र ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालका नागरिकले यसबाट बच्न र बचाउन सजग एवं सतर्क रहनुपर्ने बताउनुभएको छ ।

सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी, व्यवस्थित एवं चुस्त र दुरुस्त बनाउन सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयको परिसरमा आज आयोजित छलफलमा उहाँले कोरोनाको रोकथाम, नियन्त्रण एवं उपचारमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले यस भाइरसको महामारी विश्वव्यापीरूपमा फैलिरहेको अवस्थामा यसको रोकथाम एवं नियन्त्रणका लागि प्रदेश सरकारले २३ बुँदे कार्य योजना बनाएर अघि बढिरहेको र यही कार्य योजनाको आधारमा प्रदेशमा क्वारेन्टाइन, आइसोलेसन निर्माण भएको जानकारी दिनुभयो । उहाँले प्रदेशमा दुई हजार श्ययाको क्वारेन्टाइन निर्माण भएको र प्रदेश सरकारले ५० श्ययाको आइसोलेसन पनि द्रुत गतिमा निर्माण गरिरहेको जानकारी दिनुभयो ।

लकडाउनको समयमा मर्कामा परेका गरीब एवं विपन्न परिवारलाई राहत वितरण गर्न प्रदेश सरकारले रु १० करोडको कोष स्थापना गरेको र यसमा रकम वृद्धि भइरहेको जानकारी दिनुभयो । उहाँले कारोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षामा खटिने प्रहरीलाई प्रोत्साहन भत्ता वितरण हुने बताउँदै मुख्यमन्त्रीको कार्यालयमा कोरोना डेस्क राखिने र यसबाट प्रवाह हुने सूचना र जानकारीमा एकरुपता ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रोत्साहन भत्ताका लागिका प्रदेश सरकारले रु एक करोड ६८ लाख बजेट निकास गरिसकेको छ भन्नुभयो ।

सङ्घीय सरकारले पठाएको कोरोना उपचारमा आवश्यक पर्ने एक हजार थान पिपिइ (व्यक्ति सुरक्षा कवच) आजै प्राप्त भएको भन्दै मुख्यमन्त्री राईले जानकारी दिनुभयो । यस्तो विषम समयमा कालोबजारी गर्ने सोच महापराधी सोच हो भन्दै मुख्यमन्त्री राईले प्रदेशमा उपभोग्य सामग्रीको अभाव हुन नदिन विभिन्न समिति बनाएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले जीवन विकास समाजबाट पाँच हजार परिवारलाई रु ५० लाख बराबरको राहत सामग्री प्राप्त भएको जानकारी दिनुभयो । सो अवसरमा सिटिजन बैंक प्रदेश कार्यालयका प्रमुख प्रदीप सेढाइँले रु सात लाखको चेक कोषमा जम्मा गरिदिन मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]