१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

लकडाउनको प्रभाव ः चैती छठ अन्तर्गत आँगनमै दिइयो अस्ताउँदो सूर्यलाई अर्घ

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१७ चैत्र । कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएपछि चैती छठ पर्व प्रभावित भएको छ । जनकपुरधामसहित प्रदेश २ का जिल्लामा भव्यताका साथ यो पर्व मनाउने गरिन्छ ।

लक डाउनका कारण सार्वजनिक पोखरी र जलासयमा जान नपाएपछि श्रद्वालुहरुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका छन् । सोमबार चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । मुख्यतः छठ पर्व जलासय अगाडि मनाइने परम्परा रही आएको छ ।

लक डाउनका कारण बजार बन्द भएपनि जसोतसो सामग्रीको जोहो गरेर चैती छठ आफ्नो आँगनमै मनाइएको श्रद्वालुहरुले बताएका छन् ।

छठ पर्वको दिन भएपनि पोखरीहरुको शहर जनकपुरधामका पोखरीहरु सुनसान देखिएको छ ।

लक डाउनलाई प्रभावकारी बनाउन भन्दै धनुषा प्रहरीले कुनै पनि सार्वजनिक स्थान वा पोखरीहरुमा यो पर्व नमनाउन आग्रह गरेको थियो । यो आग्रहपछि यो पर्व मनाउनेहरुले आफ्नै आँगनमा सूर्यलाई अर्घ दिएर यो पर्व मनाउन बाध्य भएका छन् ।

राजविराजको कल्टु दास पोखरीमा छठ पर्व मनाउन श्रद्वालुले तयारी गरेपनि प्रहरीले मनाउन दिएनन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेपछि आस्थाका पर्व चैते छठ पनि नराम्ररी प्रभावित बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]