२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सस्तो तरकारी बजार खोल्ने निर्णय

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

न्यूजमधेश सम्बादाता
कलैया,१७ चैत्र । जिल्ला प्रशासन कार्यालय र बारा उधोग बाणिज्य संघको पदाधिकारीहरु बिच सोमबार छलफल भएको छ ।

लकडाउनको समयमा खाद्यान सहज रुपले आपुर्ति गराउनका लागि बैठकमा निर्णय भएको बारा उधोग बाणिज्य संघका अध्यक्ष बिनोद साहले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेपाल प्रहरीका उपरिक्षक कृष्ण पंगेनी, राष्ट्रिय अनुसंन्धानका प्रमुख बिमल घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओम खडका, बारा उधोग बाणिज्य संघका महासचिव जयप्रकाश साह लगायतको सहभागिता रहेको थियो।

बैठकले स्थानिय तहहरु र वडा कार्यालयहरुको समन्वयमा सस्तो तरकारी पसल खोल्ने,खाधान आपुर्तीका लागि प्रयोग हुने गाडीमा बैनर वा फोटोकोपी पेपरमा लेखेर आपुर्तीका लागि जाने, खाधान पसलहरुले खोल्दा बिक्रेता, क्रेताले कम्तीमा १ मिटरको दुरीमा रही बिक्री बितरण गर्ने, महगो मुल्य, कालोबजारी गर्ने गर्नेहरुलाई कार्यवाहि गर्ने निर्णय भएको प्रशासकिय अधिकृत ओम खडकाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]