१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

पूर्वराजाद्वारा २ करोड सहयोग

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डू ,१८ चैत्र।पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताउनुभएको छ ।

कोभिड–१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उहाँले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सम्यता र विकासलाई नै गम्भीर चुनौती दिएको उल्लेख गर्नुभएको छ ।

पूर्वराजा शाहले भन्नुभएको छ, “आमनेपालीले यस दुःखको घडीमा अभाव र समस्या सहेर पनि यसविरुद्ध लड्न जुन अनुशान र धैर्यता दर्शाउनुभएको छ, त्यसको हामी उच्च सराहना गर्छाैं ।”

राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउनत सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढङ्गबाट मानवीय सेवामा सहयोगमा भइरहेको कामको प्रशंसा गर्दै उहाँले यसलाई अझै प्रभावकारी तुल्याउन अनुरोध गर्नुभएको छ ।

पूर्वराजा शाहले आफ्नोतर्फबाट हिमानी कोषलाई रु दुई करोडमार्फत नेपाल सरकारको ‘कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा उपलब्ध हुने जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]