०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

मेयर मेहतालाई पक्राउ गर्न अदालतको आदेश

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

न्यूजमधेश सम्बादाता
गौर,१९ चैत्र। लागु औषध मुद्दामा रौतहटको इशनाथ नगरपालिकाको मेयर र निजका भाईलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालत मकवानपुरले मुलुकी फौजदारी कार्य विधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम रौतहटको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र निजका भाई एम्बुलेन्स संचालन समितिको अध्यक्ष मोहन मेहतालाई पक्राउ गरेर उपस्थित गराउन आदेश जारी गरेकोछ ।

जिल्ला अदालत मकवानपुरको सो आदेशलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान तथा कारवाही शाखाले चैत १० गते जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान तथा कारवाही शाखालाई पत्र पठाएपनि हाल सम्म दुवैजनालाई प्रहरीले पक्राउ गर्न सकेको छैनन् ।

मकवानपुर प्रहरीको पत्रमा जाहेरवाला प्रतिवादी नेपाल सरकार प्रतिवादी विनोद सहनी समेत भएको लागु औषध गाँजा मुद्दामा अनुसन्धानको शिलशिलामा २ नं प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाको पत्रमा उल्लेख भएको प्रतिवादीहरुलाई जिल्ला अदालत मकवानपुर हेटौडाबाट मेयर मेहता दाजुभाईलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतले घरमा फेला नपरेको खण्डमा उनीहरुको घरदैलोमा पुस्ते सुचना टाँस गरेर पक्राउ गर्न आदेश जारी गरेपछि जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाइएका थिए । तर हाल सम्म उक्त आदेश कार्यान्वयन भएको छैन् ।

इशनाथ नपाद्वारा संचालित बा. २ झ. १७४९ नम्बरको एम्बुलेन्सलाई गत माघ १० गते हेटौडा उपमहानगरपालिका १९ नेवारपानीमा नेपाल प्रहरीले रोकेर चेकजाँच गर्दा ३ वटा झोलामा ३० किलो ६ सय ग्राम लागु औषध गाँजा, ९१ हजार नेपाली रुपैया, २ हजार २ सय भारतीय रुपैया, चालक इशनाथ ९ डुमरियाका महम्मद खालिद, सोही नपाका अशोक कुमार र भारत विहार मोतिहारी बसतपुरका विनोद सहनीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया मकवानपुर प्रहरीले सुरु गरेका थिए ।

इशनाथ नपाको उक्त एम्बुलेन्स संचालन समितिका संयोजक मोहन मेहता र मेयर सन्तोष मेहतालाई दोषी देखिएको हुँदा दुवै जनालाई पक्राउ गर्न अदालतले आदेश गरेका थिए । यस विषयमा कोरोना भाइरसको कारण लकडाउन कार्यान्वयन गराउने तर्फ केन्द्रीत रहेको हुँदा चाँडै प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने प्रहरी श्रोतबाट बुझिएको छ ।

यस सम्बन्धमा मेयर मेहतासित सम्पर्क हुन सकेको छैन् ।तर उनी कोरोना भाइरस संक्रमणबाट नगरवासीलाई जोगाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताइएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]