३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रदेश सरकारको राहत कोषमा नेपाल बैंकको सहयोग

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१९ चैत्र। प्रदेश २ सरकारले स्थापना गरेको विश्वव्यापी रुपमा फैलिएको कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले रु पाँच लाखको सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई आज जनकपुरस्थित बैंकका प्रतिनिधिले रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । यसअघि सो कोषमा सिद्धार्थ बैंक, कृषि विकास बैंक र सिटिजन्स बैंकलगायत सङ्घसंस्थाले रकम सहयोग गरिसकेका छन् ।

यसैबीच, प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता सञ्चालनमा ल्याएको छ । सो कोषको खाता नं. १२२०५०३०००००१ मा रकम प्रदान गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]