११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

आगलागीबाट घर गोठ जलेर नष्ट

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

न्यूजमधेश सम्बादाता
तुलसीपुर ,२० चैत्र । दाङमा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका वडा नं ६ मनिकापुुरमा आज अपराह्न करिब ४ः०० बजेतिर आगलागी हुँदा तीन घर, दुई गोठ, एक घुम्ती पसल र दुई भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय विष्णुु रानाको घर तथा भान्साघर, भक्तबहादुुर सुुनारको गोठ, कृष्णबहादुुर सुुनारको घर र पसल तथा ऋषि रानाको घर, गोठ तथा भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, काठ तथा फर्निचर एवं महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका र लमही नगरपालिकाको दमकल, इलाका प्रहरी तथा स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको यकीन विवरण अझै आएको छैन । स्थानीय भक्तबहादुुर सुुनारको गोठ नजिकै विद्युुत्को ट्रान्सफार्मर रहेको र सोको फ्युुजबाट निस्किएको झिल्काले आगलागी भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]