२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

राहत बाड्न हिडेका भोरका अध्यक्ष महतो पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

न्यूजमधेश सम्बादाता
वीरगंज,२२ चैत्र ।भोर नामक परोपकारी संस्थाका अध्यक्ष एवं फिल्म निर्माता राजकुमार महतोलगाइत पांच जनालाइ प्रहरीले पक्राउ गरेको छ।

शनिबार पर्सा जिल्लाको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले पक्राउ गरको छ ।कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका छन् ।

यस्तै, उक्त टोलीले सकुवा पर्सौनी गाउँपालिकाबाट पनि पत्र लिएर राहत वितरण गर्न हिँडेको बताइएको छ ।

तर प्रहरीले उक्त गाउँपालिकाको पत्रलाई बेवास्ता गरि आफूहरुलाई पक्राउ गरेको कलाकारहरुले आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]