११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

कमला नगरपालिकामा आगलागीले एक लाखको क्षति

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

मनोज कु मोरबैता
जनकपुरधाम ,२५ चैत्र। धनुषाको कमला नगरपालिकामा मंगलबार बिहान आगलागी हुँदा रु एक लाख बराबरको क्षति भएको छ ।

कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी जुगुतलाल कुसियैतको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा भएको आगलागीले उनको दुई वटा घर जलेर नष्ट भएको छ । आगलागीले घरभित्र रहेको खाद्यान्न, लत्ता कपडासहित सम्पूर्ण सामान जल्दा रु एक लाख बराबरको क्षति भएको छ ।

खरको प्रयोग गरी चुल्होमा खाना पकाउने क्रममा पानी लिन जाँदा आगलागी भएको स्थानीय नितेश प्रियदर्शीले जानकारी दिए ।

आगोलाई स्थानीयहरुले निभाएको प्रियदर्शीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]