२३ बैशाख २०८२, बुधबार
07-05-2025 , Wed
×

‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डू ,२५ चैत्र। सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज विपत्मा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनीतिक पहल गरी आवश्यक व्यवस्था गर्न आदेश दिएको हो ।

“नेपाल आउन इच्छुक नागरिकलाई कूटनीतिक माध्यमबाट समन्वय गरी ल्याउने व्यवस्था गर्नू”, आदेशमा भनिएको छ, “कार्य तत्काल सम्भव नभए निजहरुलाई तत्स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रबन्ध गरी नागरिकहरुको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्नू ।”

आदेशमा सीमाका नागरिकलाई फर्काउन सम्भव नभए गाँसबास र उपचारको व्यवस्था गर्न र नेपाल आउन इच्छुक नेपालीलाई पनि ल्याएर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन भनिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार क्वारेन्टाइनमा रहेकाहरूलाई स्वास्थ्योपचारलगायत व्यवस्था गर्न आदेशमा भनिएको छ ।

अदालतले विदेशमा रहेका नेपालीको प्रवेशाज्ञा समाप्त वा राहदानीको म्याद समाप्त भएका कारणबाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिक रहेको मुलकसँग समन्वय गरी नेपालीलाई विदेशको बसाइ नियमित गर्ने व्यवस्था मिलाउन पनि भनेको छ ।

अधिवक्ता माधवकुमार बस्नेत, मीना खड्का, मनीषकुमार श्रेष्ठलगायतले सीमानाकामा रहेका नेपाली र विदेशमा भएर नेपाल आउन चाहने नेपालीलाई आउन दिन आदेशमा माग गर्दै दायर गरेको रिट निवेदनमा अदालतले सो आदेश जारी गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]