१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

भिडियो कन्फ्रेन्सबाटै मधेश ईन्जिनियर्स एसोसिएसनको गठन,अध्यक्षमा यादव

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

न्यूजमधेश सम्बादाता
सिरहा,२६ चैत्र । मधेश ईन्जिनियर्स एसोसिएसनको सिरहा जिल्ला कार्यसमिति मंगलबार गठन भएको छ !

विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै मंगरबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठडन गरिएको हो । ईन्जिनियर तेजनारायण यादवको नेतृत्वमा ४६ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा जिल्ला कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय अध्यक्ष ई संजिप कुमार यादवले बताए ।

समितिको वरिष्ठ उपाध्यक्षमा ई धनेश्वर यादव, उपाध्यक्षमा ई. जिबछ साह, महासचिवमा ई. प्रमोद कुमार साह, सचिवमा ई. बिनोद अधिकारी, कोषाध्यक्षमा ई. सुरेशचन्द्र यादव, सह–कोषाध्यक्षमा ई. रुपेश कुमार साह छन् ।

समितिको मिडिया संयोजकमा ई. अरविन्द सिंहलाई चयन गरिएको छ ।

समिति सिरहा जिल्लाका विभिन्न पालिकामा रहेको इन्जिनियरहरुको यो छाता संगठन हो । यस संगठनमा इन्जिनियर्रिंग पढेका व्यक्तिहरु मात्र जुडन सकिने एसोसियनका केन्द्रीय अध्यक्ष ई संजिप कुमार यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]