२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मृत्युको मुखबाट एक युवकलाई बचाए साह र कुसियैत

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् ।

मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् ।

यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि रगतको अभावमा उनको उपचार हुन सकिरहेको थिएन् । न्यूजमधेशका संचालक तथा संचारकर्मी मनोज कुमार मोरबैताको पहलमा यादवलाई दुई युवकले बुधबार रगत दान दिएका छन् ।

जिल्ला युवा संजाल धनुषाका अध्यक्ष धिरज साहको सहकार्यमा संजालका सदस्य समेत रहेका जनकपुरधाम उप–महानगरपालिका १९ कपलेश्वरका अभिनास साह र सिरहाको सिरहा नगरपालिका वडा नम्बर – ८ निवासी सुधन कुसियैतले रक्तदान गरेका हुन ।

रक्तदान गरेका दुवै जनालाइ न्यूजमधेशका संचालक मोरबैताले धन्यबाद दिदै उनले सबैजनालाइ रक्तदान गर्न आग्रह समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]