२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डू ,२७ चैत्र ।प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका-५ ठेगाना भएका ४६ वर्षीय राम कुमार रघु श्रेष्ठ रहेका छन् ।

ताराले प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरु तथा श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

उनीहरु उपर विद्युतीय कारोबार ऐन, २०६३ विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने “विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरु” प्रकाशन गरेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]