२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

विद्यार्थी जनमतद्वारा सरकारसँग बिभिन्न माग

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

मनोज कुमार मोरबैता
जनकपुरधाम,३० चैत्र । सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले चैत महिनाको स्कुल शुल्क नलिन मन्त्रिपरिषद्बाटै निर्णय गरी निर्देश गर्न माग गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष पोषण कुमार यादवले आईतबार बिज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् । उनले चैत महिनाको घर भाडा छुट गर्न र प्रहरीसम्मलाई निर्देशन दिई कडाईका साथ पालना गर्न लगाउन माग गरेका छन् ।

लकडाउन थप रहन सक्ने भएकाले प्रहरी, डाक्टर, राज्यको सुरक्षामा विद्यार्थीलाई आफ्नो गृह जिल्ला पठाउने व्यवस्था मिलाउन, घर भन्दा बाहिर रहेको मजदुरको दैनिक आम्दानीमा रुकावट आएकाको ठेगाना पत्ता लगाई उसको घर रहेको स्थानिय सरकारलाई निर्देशन दिई रासन पुगाई जिवन रक्षा गर्न पहल गर्न, कतिपय बोर्डिङ स्कुलमा फाईनल परीक्षा नभएकाले ती प्राईभेट स्कुलले तलब पनि नदिएकाले त्यस्तालाई तलब दिई आर्थिक सहयोग गर्न बिज्ञप्तीमा माग गरिएको छ ।

सम्भवतः अनलाइन कक्षाको प्रवन्ध मिलाउन स्कुललाई निर्देशन दिन, कोरोनाको मौका छोपी स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारको भ्रष्टचार छुपेको नहुनाले सहज, सम्मानजनक र पारदर्शी रुपमा राहत वितरण गर्न पनि अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]