१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

बारुद भरिएको भरुवा बन्दुकसहित दुई पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, १ बैशाख । बारुद भरिएको भरुवा बन्दुकसहित धनुषाको मिथिला नगरपालिका ४ स्थित पुष्पलपुरबाट आईतबार दुई जना पक्राउ परेका छन् ।

ज.१२प १११५ नम्बरको पल्सर मोटरसाइकलमा सबार उनीहरुलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ बस्ने २६ बर्षी सरोज कुमार महतो र ४४ बर्षीय राजकुमार लामा छन् । दुबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले दुबैबिरुद्व हातहतियार खरखजाना मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]