३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

नगरपालिकाले मध्यरातमा अफिसियल पेजबाट पत्रकारलाई दिए धम्की

Logo
प्रकाशित बिहिबार, बैशाख ०४, २०७७

मनोज बनैता
सिरहा, ४ बैशाख। पित्त पत्रकारिता गरेको भन्दै लाहान नगरपालिकाको अफिसियल पेजबाट राति ११:५० मा धम्कीयुक्त स्टेटस पोस्ट भएको छ । नयाँ पत्रीका दैनिकमा सिरहा सम्बादाताका रुपमा काम गर्ने पत्रकार मणि लाल बिश्वकर्मा लाई लक्षित गरि उक्त पोस्ट गरिएको खुलेको छ । हिजो राहत बितरणमा भएको कमिकमजोरी समेटी समाचार प्रकाशित गरेकोमा उनलाई यस्तो धम्की दिईएको उनी बताउँछन् ।

पेजमा लेखिएको छ ‘कोभिड-१९ को विश्वव्यापी महामारीले आक्रान्त आम जनतालाई स्थानीय सरकारले गरेको राहत सहयोगलाई लिएर निराधार सामाचार सम्प्रेषण गर्ने पित्त  पत्रकारिता गर्ने पत्रकारलाई कठघडामा उभ्याउनु आजको आवश्यकता हो। यस्तो विषम परिस्थितिमा पनि राजनैतिक दुनो सोझ्याउने पर्दा पछाडिका खलनायकलाई नङ्याउनु जरुरी छ। खरबौंको घाटा बेहोरिरहेको विश्व जगतले कोरोना भाइरसबाट मुक्ति खोजेको बेलामा आम जनजीवनलाई जिवित राख्ने माध्यमलाई अवरोध गर्ने तत्वलाई निषेध गर्नु आजको आवश्यकता हो ।’

यसरी स्थानीय निकायले समाचार सम्प्रेषणको बिषयमा कुनै पत्रकारलाई धम्की दिनु निन्दनीय हो भन्दै निज पत्रकार ले नगरपालिकालाई आफ्नो त्रुटि सच्चयाउन आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]