१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

धनुषाका दुई जना पत्रकारमाथि आक्रमण

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५ बैशाख । धनुषामा दुई जना पत्रकारमाथि शुक्रबार साँझ आक्रमण गरिएको छ ।

शहीद नगरपालिकामा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ्ग गरी घरफर्किदैं गरेका पत्रकार शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि सोही नगरपालिकाको वडा नम्बर ९ गोठ कोयलपुरमा आक्रमण गरिएको हो ।

रिपोर्टिङ्ग सकाएर फर्किदैं गर्दा ४÷५ जनाले आफूमाथि आक्रमण गरेको उनीहरुले बताए । शहीद नगरपालिकाको क्वारेन्टाइनको भद्रगोल अवस्थाबारे रिपोर्टिङ्ग गर्न गरी फर्किदैं गर्दा कोइलपुरमा आफूहरुमाथि आक्रमण गरिएको दुबैले बताएका छन् ।

उनीहरुले शहीद नगरपालिकाका मेयर उदय बरबरियाका मान्छेहरुले आफूमाथि आक्रमण गरेको बताएका छन् ।

‘ती व्यक्तिहरुले पछाडिबाटै टाउकोमै प्रहार गरे’ उनले भने, “त्सपछि हाम्रो उपकरण समेत खोसेर लगेका छन् ।”
आफूहरुको क्यामेरा र लायपटोप समेत मेयरका मान्छेहरुले लिएर गएको पत्रकार रोहिताले बताए ।

रोहिता टुडे खोज डट कम तथा मोरबैता जनकपुर टुडेमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]