२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

राहतको विषय लिएर लाहान २३ मा व्यापक असन्तुष्टि, पीडितले भन्छन ‘काखा-पाखा भयो’

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

 

मनोज बनैता, लाहान, ६,  बैशाख । कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ ।  नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान २३ मा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आएका छन ।

दैनिक मजदुरी गरेर दुई छाँक टार्ने वर्ग मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा छन ।  सिराहाको लहान नगरपालिकाले एक करोड ३० लाख खर्च गरेको भएतापनि लागातार को गुनासोले नगरपालिकाको रवैया प्रति प्रश्न उठ्न थालेको छ ।

लाहान २३ गाढा का पीडित ले सामुहिक रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै राहत पाउने ब्यक्तिहरुको नामावली आफू खुशी तयार पारेको र सो नामावली गोप्य राखेको आरोप लगाएका छन । स्थानीय धर्मेन्द्र महतो ले भने ‘नातावाद, कृपावादको आधारमा हुनेखाने ब्यक्तिहरुले पनि राहत पाएका छन । कतिपय एउटै घरपरिवारमा ३/४ जना सम्मलाई समेत राहत बितरण गरिएको छ । साथै राहत बितरण गर्दा वडा स्तरमा रहेको लक्षित घर परिवार पहिचान तथा राहत बितरण समिति को रोहवरमा बितरण गर्नुपर्नेमा सो नगरि एकलौटी मनपरि गरेको छ ।’ महतो को अनुसार पार्टी अनुसार राहत बितरण गरिएको छ ।

अर्का पीडित रबरी देवीले भनिन ‘वडा कार्यालयमा पटक पटक धाएर पनि केही सुनुवाइ भएन ।’ उनी एकल महिला हुन ।
त्यसैगरी पीडितहरुले अवकाश प्राप्त कर्मचारी, सरकारी जागीरे समेतलाई राहत दिईएको गुनासो गरेका छन ।

उता वडा अध्यक्ष कन्हैया प्र. गुप्ताले कुनै भेदभाव नगरेको र ती पीडितहरुलाई राहत दिइने कुरा गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]