२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

रकम छर्नेमध्ये एक महिलाको आरडिटी टेस्ट पोजेटिभ

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७ बैशाख। जनकपुरधाममा रकम छरेकी दुई महिलामध्ये एक जनाको ¥यापिड (आरडिटी) परीक्षण गरिएपछि एक महिलाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

जनकपुरधाम उप महानगरपालिका ६ स्थित महाबीर चोकमा रु १० को झण्डै एक दर्जन नोट छरेर शुक्रबार भागेकी महिलालाई शनिबार प्रहरीले जनकपुरधाम ७ जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । यी दुवै जना नन्द र भाउजु हुन ।

दुबैलाई नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल जनकपुरधाम लगी स्वास्थ्य परीक्षण गराउँदा एक जनाको ¥यापिड टेस्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उनले ¥यापीड टेस्ट पोजेटिभ देखिएपछि दुबैलाई अस्पतालको अइसोलेसन वार्डमा राखिएको बताए । आइसोलेसनमा राखेर पिसिआर परीक्षण गर्ने उनले बताए ।

उनीहरुले रकम किन छरेको हो ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी रहेको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले बताए । कार्कीले छरिएको नोट कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकोले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको जानकारी दिए । त्यहाँबाट रिपोर्ट आएपछि बाँकी प्रकृया अगाडि बढाइने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]