१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

आफ्ना पक्षका पत्रकारलाई गुपचुप बाँडियो राहत

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१० बैशाख ।नेपाल पत्रकार महासंघ धनुषाका सभापति अनिल मिश्रले गुपचुप आफ्ना पकडका पत्रकारलाई राहत बाँडेपछि विवादमा तानिएका छन्।

महासंघका अन्य पदाधिकारीलाई जानकारी नै नगराई ६५ पत्रकारको सूची तयार पारेर सभापति मिश्रले राहत बाँडेका हुन्। लकडाउनका कारण छाकटार्न समस्या भएको भन्दै सभापतिले प्रतिपत्रकार १० किलो चामल, ४ किलो आलु, २ किलो प्याज, एक किलो दाल, एक लिटर खानेतेल सहितका सामान राहतस्वरुप वितरण गरेका छन्।

राहत पाएकामध्ये अधिकांश पत्रकार नामधारी मात्र छन्। उनीहरु पत्रकार महासंघको सदस्य रहे पनि मिडियामा काम गर्ने गरेका छैनन्। सूचीमा परेका केही पत्रकारले राहत स्वीकार गरेनन्। महासंघका अधिकांश पदाधिकारी राहत वितरण भएको विषयमा अनभिज्ञ छन्।

महासंघ धनुषाका सचिव पुरन गुप्ताले राहत वितरण गरेको विषयमा आफूलाई कसैले जानकारी नगराएको बताए। उनले भने, ‘राहत बाँडेको थाहा पाएपछि सभापतिलाई फोन गरेको थिए। तर कुन संस्था वा निकायले राहत उपलब्ध गराएको विषयमा उहाँले केही बताउनु भएन।’

यता, प्रेस युनियन धनुषाका सभापति राजन सिंहले आफूलाई फोन गरेर राहत लिन भनेपछि अस्वीकार गरेको सुनाए। अहिले कुनै पत्रकारलाई राहतको आवश्यकता थियो जस्तो मलाई लाग्दैन’, उनले प्रश्न गरे, ‘२–३ लाखको गाडी चढ्ने तर १० किलो चामल किन्न नसक्ने?’

उनले बाहिरबाट आएर डेरा लिएर बस्ने वा गरिब विपन्न पत्रकारलाई राहत दिँदा हुन्थ्यो, तर आफ्ना पकेटका नामधारी मात्रको पत्रकारलाई राहत बाँड्नु दुःखद भएको बताए।-नेपाल न्यूज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]