१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

सप्तरी सुरुङ्गाका एक मनकारीले लकडाउनमा बिपन्नलाई भोजन खुवाउँदै 

Logo
प्रकाशित बिहिबार, बैशाख ११, २०७७

 

 

मनोज बनैता, सप्तरी, ११ बैशाख । सप्तरी सुरुङ्गा नगरपालिकाका एक मनकारीले लकडाउनमा दलित लगायत विपन्नलाई राहत स्वरुप भोजन खुवाउने गरेका छन । सप्तरी सुरुङ्गा ४ बस्ने भुवनेश्वर साफीले लकडाउन घोषणा पश्चात् चैत ८ गते देखिनै वडा ४ मा रहेका दलित तथा विभिन्न वर्गलाई राहत स्वरुप खाना खुवाँउदै आईरहेका छन ।

साफीका अनुसार लगभग ३०० बिपन्नले पालैपालो गरि दिनहुुँ खाना खाने गरेको छ । दैनिक एक छाँक खाना खुवाउने साफी आफू धर्मको काम गरेकोमा सन्तुष्ट छन । उनले भने ‘लकडाउनमा यी ज्याला मजदुरी गर्नेहरुको बिजोग हेर्दा मन दुखेर आयो र मैले केही राहत होस भनेर यो अभियान थालें ।’

साफीको अनुसार यस अभियानमा उनका दुई छोराहरु डा.अनिल कुमार रजक र सब ओभरसियर संतोष कुमार रजकले आर्थिक रुपमा साथ दिदै आएका छन । भुवनेश्वर साफी दलित संघका सप्तरी जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]