२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

राहतमा राजनितिकरण बिपन्नाले पाएन राहत

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७

जीतेन्द्र कुमार राम
सबैला,१२बैशाख ।कोरोना प्रभाव र लकडाउनले निम्त्याएको अतिसंकट आर्थिक अभावको समय प्रदेश सरकारले उपलब्ध गराएको राहत बितरणमा एक स्थानिय तहका वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्तालाइ मात्र राहत दिई राजनितिकरण गरेको अतिबिपन्न र पिडितहरुले आरोप लगाएका छन।

धनुषाको सवैला नगरपालिकामा राहत बितरणको लागि हचुवाको भरमा अनुगमन बिना नै आफ्ना पार्टिका कार्यकर्तालाइ राहत बाडेका वडा नं।१ का वडाध्यक्ष कपिल देव राउत माथि आरोप लागेको छ।

नगरपालिका भरिमै अति बिपन्न समुदाय रहेका सवैला मुसहरी टोलमा मात्र १३० घरधुरिलाइ राहत बाडिएको छ जसमा वडाध्यक्षका निकटम ब्यक्ती मात्र परेका छन।ूस्थानिय एक युवा रंजित साहले बताए।

मुसहर समुदायका एक दलित मिया मुसहर अरुको खेतमा हल चलाइ जीवन गुजारा गर्छन।यतिबेला आर्थिक संकट र महामारीले घरबाहिर निस्किन नसकेको समय घर परिवार चलाउन आपद परेको तथा बिहान सांझ खानलाउन पनि धौधौ परेको बताउछन।

वडामै एकल महिला दलतिया साहलाई दिनरातको गुजारा तथा एक माना रासन पनि छैन। न त कुनै सहारा न श्रोत।छडके अनुगमनमा उ जस्ता माथी जनप्रतिनिधिको नजर पर्दैन।बाढी पिडित पनि उहीँ थिए,घरको बांसे पर्खाल झरेकोले पीडा भोग्नुपरेको थियो तर पनि त्यतिबेला कोहिपनी सहारा भएन।आहारगुहार गरे कोहिले हेरेन,ूउहाले दुखेसो पोखिन

बिनोद यादव आंखाले अन्धो छ,अनुमानै गरेर हिड्छन।कहिले लड्छन त कहिले के तर जनप्रतिनिधि पार्टीको मात्र अध्यक्ष भएपछी हामिले के भन्ने,हामिले गुनासो गर्दा पनि अटेरी गर्दै आइरहेका प्रमोद यादव बताउछन।

राहत बितरणमा अन्याय भएको छ,सहि अनुगमन भएन।मुख हेरिहेरी राहत बाडेको छ।यसको जाच हुनुपर्छ,राहत बितरण अनुगमन समितिका सदस्य मिथिला साहले बताए।

यता राहत बितरण गरेपछी होम क्वारेन्टाइनमा बसेको वडाध्यक्ष राउत आरोप प्रत्यारोप भने बिपक्षिदलका कार्यकर्ताले लगाएको तथा छुटेकोलाई दोश्रो चरणमा बाडिने जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]