२९ बैशाख २०८२, मंगलबार
13-05-2025 , Tue
×

लाहान १९ मा तत्कालै राहत न बाँडे कार्यालयमा तालाबन्दी गरि बिरोध कार्यक्रम गरिने 

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

 

मनोज बनैता, लाहान, १३ बैशाख । जनता समाजवादी पार्टी को वडा १९ को कमिटीले लहान नगरपालिका माथी बेइमानी गरेको आरोप लगाएको छ । भोटरको आधारमा रातह बाडदै गरेको जसपा का प्रतिनिधिहरुले दावी गरेका छन भने उता राहत कार्यक्रम स्थगित भएको जानकारी प्राप्त भएको छ ।

जनप्रतिनिधिको काखापाखा गर्ने नियत ले गर्दा बिरोध भएको यिनीहरू बताउँछन् । स्थगित गरिएको राहत बितरण कार्यक्रम पुनः सन्चालन गर्न माग गर्दै जसपा का वडा कमिटी ले प्रेस बिज्ञपति जारी गरेको छ । बिज्ञपति अनुसार तत्कालै राहत बितरण प्रक्रिया न थाले वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन । लाहान १९ का तत्कालीन राजपा नेपालका वडा कमिटी अध्यक्ष रामकुमार यादव ले भने कि  स्थगन गरिएको राहत बितरण कार्यक्रम वास्तविक पीडित पहिचान गरि २४ घन्टा भित्र पुनः संचालन होस नत्र हामी तालाबन्दी सहित कडा बिरोधमा उत्रिने छौं ।

कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ ।  नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान १९ मा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आए पछि राहत बितरण स्थगित गरिएको छ ।

दैनिक मजदुरी गरेर दुई छाँक टार्ने वर्ग मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा छन ।  सिराहाको लहान नगरपालिकाले एक करोड ३० लाख खर्च गरेको भएतापनि लागातार को गुनासोले नगरपालिकाको रवैया प्रति प्रश्न उठ्न थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]