१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मुस्लिमले घरमै नमाज पढेर शुरू गरे रमजान 

Logo
प्रकाशित आइतबार, बैशाख १४, २०७७

मनोज श्रीवास्तव
कपिलवस्तु, १४ बैशाख । मुस्लिम धर्मावलम्बीहरुको ठूलो एक महिना लामो चाड रमजान शानिबारबाट शुरु भएको छ ।

रमजानको महिनामा मुस्लिम धर्मावलम्बीहरु दिन भरी भोकै उपवास बस्ने गर्छन । मुस्लिम धर्मावलम्बीहरु बिहान सूर्य नउँदाउँदै खाने (सेहरी) र सूर्य अस्ताएपछि सांँझ (इफतर) खाने प्रचलन रहेको मुस्लिम धर्मगुरु बताउछन् ।

नेपालमा कपिलबस्तु जिल्ला दोस्रो सबैभन्दा बढी मुस्लिम बहुल्य क्षेत्र भएको हुनाले रमजानलाई यहाँ बिषेश उल्लासको पर्वको रुपमा मनाइन्छ ।

रामजानको महिनामा मुस्लिमहरुको पवित्र ग्रन्थ कुरानलाई यो दुनियाँमा ल्याएको तौलिहवा मस्जिदका अहले सुन्नतका मौलाना अली हसनले बताउनुभयो ।

मुस्लिम धर्मवालम्बीहरुको लागि यो बिषेश महिना हो । यो महिनामा मुस्लिम धर्मवालम्बीहरु नमाज पढने र पवित्र ग्रन्थ कुरान पढने चलन रहेको मोैलानाले बताए । इस्लामको पाँच पिलर मध्ये रोजा पनि एक पिलर हो ।

यो महिनाको अन्तमा मस्लिम समुदायले आफनो आम्दानीको २.५ प्रतिशत गरीबलाई दान दिने चलन रहेको मौलानले बताए ।

कृष्णनगर नगरपालिका उपप्रमुख शबनम खातुनले सबै मुस्लिम धर्मबालम्बीहरुलाई आ आफनो घरमा बसेर नमाज र कुरान पढ्न, छरछिमेक भएका गरीबहरुलाई सहयोग गर्न, लकडाउनको पूर्ण रुपमा पालन गर्न, मदरसा भित्र कुनै अन्जान ब्यक्ति आएको खण्डमा कपिलबस्तु प्रहरीलाई जानकारी गराउन आग्रह गर्नु भएको छ ।

विश्वमा कोरोना भइरस (कोभिड १९) महामारीको रुपमा लिइरहेको बेला त्यसको असर नेपालमा पनि परेको कारणले गर्दा नेपाल सरकारले बैशाख १५ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

लकडाउनमा बेला मस्जिदमा कुनै किसिमको भीडभाड नहोस भनेर तौलिहवा मस्जिदले एक प्रेस बिज्ञप्ती जारी गदै सबैले घरमा नमाज पढन, इफतारको पार्टी नगर्न, रमजानको बेला निकालिएको सदका तथा जकात आ-आफनो छरछिमेक भएका गरीबहरुलाई सहयोग गर्न, लकडाउनको पूर्णरुपमा पालन गर्न, मदरसा भित्र कुनै अन्जान ब्यक्ति आएको खण्डमा कपिलबस्तु प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।

कोरोना भइरस संक्रमण अन्तका लागि सबैले आ-आफनो घरमा बसेर प्रार्थना गर्न पनि मुस्लिम समुदायको अगुवाहरुले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]