२० कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
×

एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई अब रेडियोबाट कक्षा संचालन

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

कमल कुमार मण्डल
राजविराज, १७ वैशाख । एसईई परिक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागी एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामका कार्यक्रम वैशाख १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्धारा सप्तरीको राजविराजबाट ९४.७ मेगाहर्जमा प्रसारित भइरहेको सि एफ एमको माध्यमबाट विहिवारदेखि पठनपाठन गराउने भएको छ ।

प्रत्येक दिन २ घण्टा दिनको ११ः०० बजे देखि १ः०० बजे सम्म मातृभाषा मैथिली तथा किताबकाे अाधारमा सो कार्यक्रम चलने भएको छ । कोरोना भाइरसको नियनत्रण तथा रोकथामका लागी जारी गरिएको लकडाउनका कारण विद्यार्थीहरु समेत मार्कामा परेका छन् ।

एसईई परीक्षामा सहभागी हुने तथा कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुलाई लक्षीत गरी कार्यक्रम सञ्चालन गरिएको तिलाठी कोइलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंहले जानकारी दिइएको छ । उनका थपे- ‘गाउँपालिकाकाे अाईडिबाट लाईभ समेत रहनुका साथै फाेटाे पठाइ तथा लेखेर विद्यार्थीहरुले अा अाफ्ना प्रश्न समेत साेधन सकिने व्यवस्था गरएिको छ ।’

प्रत्येक दिन ४ अाेटा विषयकाे पठनपाठन हुनुका साथै ३० मिनेटकाे एउटा विषय पढाइ हुने जनाएको छ ।

यो कार्यक्रमले हाम्रो पढाइमा निकै मद्धत पुग्न सक्ने सोहि गाउँपालिकाका पब्लिक माध्यमिक विद्यालय लौनियाँ, तिलाठीमा अध्ययनरत विद्यार्थी रमिता कुमारी मण्डलले बताए । उनी भनिन – ‘लकडाउनका कारण हामीले टियुसन पनि पढन सकेको छैन्, घरबाट नै यसरी रेडियो माध्यमबाट पढन मिलेमा परीक्षामा समस्या हुने छैन् ।’ पढेका कुरा विर्सिन सक्ने सम्भावना थियो अब पढाइमा पनि समस्या नहुने अर्का एस. ई. ई परीक्षार्थी रविन मण्डल बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]