११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

जाँचको लागि चामलको नमुना प्रयोगशाला पठाइयो

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१७ बैशाख । जनकपुरधाम उपमहानगरपालिका १६ मा वितरण गरिएको चामलको नमूना जाँचको लागि पठाइएको छ ।वडा नं. १६ का विपन्न परिवारलाई सोमबार वितरण गरिएको चामल कुहिएको र ढुसी लागेको संचारमाध्यमहरुमा समाचार आएपछि मंगलबार जाँचको लागि पठाइएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी राहत लागि आएको समाग्रीको म्याद र गुणस्तरीय चेकजाँच पश्चात् वितरण कार्य अघि बढाएको दावी गरिएको छ ।समाजिक सञ्जाल फेसबुक र अनलाइनमा समाचार आएपछि जाँचको लागि चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको छौं’ उपमेयर रिता कुमारी मिश्रले भनिन् ।उपमहानगरपालिकाको १२ वटा वडामा ७ हजार ६ सय विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

ती मध्ये वडा नं. १६ मा ५ सय ४१ जनालाई राहत वितरण गरिएको हो ।त्याहाँका दुई जना बाहेक अन्य वडाहरुबाट गुनासो आएको छैन, उपमेयर मिश्रले भनिन,उपमहानगरपालिकाले गुणस्तरीय राहत वितरण गरिरहेको छ ।’नगरबासीमा कुनै शंका÷उपशंका नहोस्त्य सैको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट जाँचको लागि प्रतिनिधि बोलाएको हो, उनले थपिन् ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चामल र तोरीको तेललाई परीक्षणको लागि प्रयोगशाला पठाउने भएको छ । परीक्षणको परिणाम दुई वा तीनदिनमा आउने सो कार्यालयका कार्यालय प्रमुख विजय खनालले बताए । जाँचको नतिजा आएपछि बाँकी वडाहरुमा राहत वितरण गर्न उनले आग्रह समेत गरे ।

जिल्ला प्रशासन कार्यालयबाट खटिएका प्रतिनिधिले चामल बदलिएको देखिएमा वा बदनाम गर्ने नियतले त्यस्तो गरेको पाइएमा कानून अनुसार कारवाही हुने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको छ ।वडा नम्बर २, ३, ४, ५, ६, , ११, १४,१६, १७, १ र २१ मा राहत पठाइएको हो ।

वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८, वडा नम्बर ८ मा ७ सय ५४,वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१,वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]