१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

जनकपुरधाम उपमहानगरलाई बदनाम गर्ने प्रयास, चामल गुनस्तरिय रहेको प्रमाणित

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१८ बैशाख । जनकपुरधाम उपमहा नगरपालिकाले राहत वितरणका लागि मगाइएको चावल लगायतका सामाग्रीहरु गुणस्तरीय रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले दावी गरेको छ ।

उपमहानगरपालिकाले राहत वितरणको क्रममा जनकपुरधाम १६ मा एकजनालाई कुहिएको चावल वितरण गरेको सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल भएपछि गुण नियन्त्रण कार्यालयले सो सामाग्री परीक्षणको लागि मंगलवार लगिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका कार्यालय प्रमुख विजय खनालले उपमहानगरपालिकाले राहत वितरणका लागि ल्याएको चावल र प्रशोधित सूर्यमुखी तेललाई प्रयोगशालामा परीक्षणा गर्दा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड परिधि भित्र रहेको बताएका छन् ।

जनकपुरधाम उपमहा नगरपालिका १६ मा ५ सय ४१ परिवारलाई राहत वितरण गर्दा एकजनामा मात्र कुहिएको चावल फेला पर्नु षड्यन्त्र रहेको उपमहानगरपालिकाले दावी गरेको छ । उपमहानगरपालिकालाई बदनाम गर्ने उद्देृश्यले षडयन्त्र पूर्वक सो खेल रचेको उपमेयर रिता कुमारी मिश्रले दावी गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]