०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

रौतहटमा क्वारेन्टाइनमा ३२६ जना, ३५५ जना घर फिर्ता

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

न्यूजमधेश सम्बादाता
चन्द्रपुर,१८ बैशाख । रौतहटको विभिन्न स्थानीय तहमा सन्चालित क्वारेन्टाइनमा तीन सय २६ जनालाई राखिएको छ भने तीन सय ५५ जनालाई घर फिर्ता पठाईएको छ ।

भारत लगायतका अन्य मुलुक हुँदै वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका २१ वटा क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले रौतहटले जनाएको छ ।

जिल्लाका विभिन्न तहमा रहेका क्वारेन्टाइनमा हाल ३३ जना महिला र दुई सय ९३ पुरुष प्रत्यक्ष निगरानीमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार,यहाँका विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा नौ सय ३२ वटा बेड रहेकोे छ भने हाल सम्म कोरोना भाईरस चेकजाँच गरिएको संख्या ६१ हजार पाँच सय ४१ रहेको जानकारी दिएका छन् ।

त्यसै गरी हाल स्वाब संकलन गरिएको व्यक्तिको संख्या तिन सय २३ जना तथा स्वाब परिक्षण गरिएको व्यक्तिको संख्या २ सय २४ रहेको मध्य ३ जनाको रिपोट पोजेटिभ देखिएको थियो भने बाँकी ९६ जनाको रिपोर्ट आउन बाँकी रहेकोे जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको प्रतिवेदनमा उल्लोख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]