२८ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
×

एनआरएमए साउदीको अनलाईन बैठक सम्पन्न

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

जोगिन्द्र कु मण्डल
साउदी ,१९ बैशाख। गैर आवासीय मधेशी संघ साउदी अरब शाखा समितिको बैठक अनलाइन मार्फत् सम्पन्न भएको छ । शुक्रबार अनलाईन बैठकबाट सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण आफन्त तथा शुभचिन्तक संग सम्पर्क बनाई राख्न अपील समेत गरेको छ।

बैठकले कोरोना महामारीको समयमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेको खण्डमा आ-आफ्नो स्तर बाट सहयोग गर्न समेत अनुरोध गरेको छ ।

लकडाउन मा बसेको बेला सम्पूर्ण सदस्यहरूलाई ‘१० मिनेट स्पीच अभियान’ मा समेत सहभागी हुन आग्रह गरिएको छ । यसका लागी ५ मिनेट घोषणा पत्रबाट र ५ मिनेट स्थानीय विषय मिलाएर १० मिनट सम्मको भिडिओ स्पीच तयार गरी पठाउन भनिएको छ ।साथै छुट्टी को समय मा सामाजिक संजाल मार्फत समाजलाई साकारात्मक संदेश को लागि रचनात्मक र स्थानिय स्तरको समस्या माथि सामाधान खोजने जस्ता कार्य को लागि एक अर्का बिच साझेदारी गर्न समेत भनिएको छ।

कोरोना वाइरस संक्रमण काल पश्च्यात् लाखौ प्रवासी नेपाल फिर्ता जाने सम्भावना रहेको जनाउँदै बैठकले यसको ब्यवस्थापनका लागि संगठनले सम्भावित निकास खोज्न गृहकार्य शुरू गरि सकेको साउदी शाखा प्रमुख निर्मल मण्डल ले जानकारी दिए ।

बैठकमा गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समिती का अध्यक्ष तथा जनमत बिदेश बिभाग प्रमुख ई बसन्त कुशवाहा समेत को बिशेष उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]