०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

एनआरएमए साउदीको अनलाईन बैठक सम्पन्न

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

जोगिन्द्र कु मण्डल
साउदी ,१९ बैशाख। गैर आवासीय मधेशी संघ साउदी अरब शाखा समितिको बैठक अनलाइन मार्फत् सम्पन्न भएको छ । शुक्रबार अनलाईन बैठकबाट सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण आफन्त तथा शुभचिन्तक संग सम्पर्क बनाई राख्न अपील समेत गरेको छ।

बैठकले कोरोना महामारीको समयमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेको खण्डमा आ-आफ्नो स्तर बाट सहयोग गर्न समेत अनुरोध गरेको छ ।

लकडाउन मा बसेको बेला सम्पूर्ण सदस्यहरूलाई ‘१० मिनेट स्पीच अभियान’ मा समेत सहभागी हुन आग्रह गरिएको छ । यसका लागी ५ मिनेट घोषणा पत्रबाट र ५ मिनेट स्थानीय विषय मिलाएर १० मिनट सम्मको भिडिओ स्पीच तयार गरी पठाउन भनिएको छ ।साथै छुट्टी को समय मा सामाजिक संजाल मार्फत समाजलाई साकारात्मक संदेश को लागि रचनात्मक र स्थानिय स्तरको समस्या माथि सामाधान खोजने जस्ता कार्य को लागि एक अर्का बिच साझेदारी गर्न समेत भनिएको छ।

कोरोना वाइरस संक्रमण काल पश्च्यात् लाखौ प्रवासी नेपाल फिर्ता जाने सम्भावना रहेको जनाउँदै बैठकले यसको ब्यवस्थापनका लागि संगठनले सम्भावित निकास खोज्न गृहकार्य शुरू गरि सकेको साउदी शाखा प्रमुख निर्मल मण्डल ले जानकारी दिए ।

बैठकमा गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समिती का अध्यक्ष तथा जनमत बिदेश बिभाग प्रमुख ई बसन्त कुशवाहा समेत को बिशेष उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]