१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सीमा पार गर्न खोजेका ११ भारतीयलाई ठाउँमै राखियो

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

न्यूजमधेश सम्बादाता
जलेश्वर,२३ बैशाख । नेपालबाट भारततर्फ जान लागेका ११ जना भारतीयलाई महोत्तरीको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको छ ।

लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेका उनीहरुलाई महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहास्थित सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । एकाबिहानै सिमा पार गर्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताएका छन् ।

नियन्त्रणमा लिइएका सबै भारतको पश्चिम बंगालका हुन् । महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित कोल्हुवा बगेयामा जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका उनीहरुले खानपिनमा समस्या भएपछि आफ्नो गाउँ फर्किन लागेको बताएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर काम गरिरहेकै ठाउँमा छाडिएको अधिकारीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]