१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

दलित , गरीब तथा विपन्न १ सय ५० घर परिवारलाई राहत सामग्री  वितरण

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

राजेन्द्र महतो
लहान,  बैशाख २३ गते। विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका  गरीब  तथा  विपन्न  वर्ग का परिवारहरुलाइ सिरहाको कल्याणपुर नगर पालिका –६  भोकर्हाका १ सय ५०जना विपन्न घर परिवारलाई  राहत सामग्री वितरण गरेको छ ।
कल्याणपुर  नगर पालिका ६ का वडा अध्यक्ष  मतिबुल राइन ले निर्वाचित वडा सदस्यहरु,विभिन्न राजतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य  संस्था का प्रमुख , बिधालय  ब्यबास्थापन समिति अध्यक्ष र स्थानीय  सुरक्षा  निकायका  प्रमुख हरुको रोहबरमा १ सय ५०   जना  गरीव तथा विपन्न वर्ग का लाई  राहत वितरण गरिएको  छ।
लामो समयको लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका दलित तथा अति विपप्न घरपरिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर बन्दै गइरहेको बेला कल्याण पुर नगर पालिका  -६  भोक्रहाले राहत सामग्री स्वरुप चामल १५ केजी.,  चिनी एक केजी, नुन -१ केजी , दाल १ .५केजी, खानेतेल एक लिटर  र साबुन -२ पिस (नुहाउने )खाधान्न सामग्री वितरण गरेको सहित राहत सामग्री वितरण गरेको   वडाध्यक्ष मतिवुल राइन ले बताए ।
राहत पाएपछि  कल्याण पुर नगर पालिका– ६ स्थानीय  भुप नरायाण सदाय, मालती देवी  सदाय  , जुगे मोची , शान्ति  देवी मल्हाइन  , राम अवतार यादव  लगायत वडा ६ का दलित , गरिब तथा विप्पन परिवार खुशि भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]