
मनोज बनैता, सिरहा, ३० बैशाख । लहान नगरपालिका १७ मा एकजनाको बीभत्स हत्या गरिएको खबर छ । लाहान नगरपालिका वडा न. १७ मा पर्ने गोविन्दपुरमा एक जनाको घाँटी रेटी हत्या गरेको लास बरामद भएको छ ।
स्रोतको अनुसार लगभग ४० वर्षको पुरुष को हत्या भएको हो । हत्या गरिएको ब्यक्ति त्यहीँको स्थानीय सफिद मियां भएको प्रारम्भिक अनुसन्धानबाट पता लागेको प्रहरी स्रोतले जनाएको छ ।
हत्या किन र कसले गरेको अनुसन्धानको बिषय हो भन्दै ई.प्र.का लाहानले छानबिन युद्धस्तरमा लगिएको बताएका छन ।