२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

लाहानका वृजेन्द्र फर्निचरले ब्यक्तिगत खर्चमा बाँडे खाद्यान्न

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

मनोज बनैता, सिरहा, ३१ बैशाख । लकडाउनको कारण दैनिकी चलाउन गाह्रो परेका लहान ६ का गरिब, विपन्न, एकल महिला तथा मजदुर परिवारलाई वृजेन्द्र फर्निचर लहान – ६ का संचालकले राहत स्परुप चामल बाडेका छन। फर्निचरका संचालक देवनाथ साह आफ्नो निजि आर्थिक सहयोगमा वडाको विभिन्न टोलमा बस्ने दलित, मजदुर, विपन्न परिवार ,एकल महिला गरि दुइ सय  परिवारलाई २५ किलोको दरले चामल बाँडेका हुन ।

लकडाउनले अप्ठ्यारोमा परेका विपन्न, दैनिक ज्यालादारी, मजदुर, असहायहरूको पहिचान गरी सामाजिक दुरी कायम गरि राहत बाँडेको संचालक साहले जानकारी दिए । राहत वितरण कार्यक्रममा नेकपाका युवा नेता सत्य नारायण यादव , समाजसेवी बैजनाथ साह ,अजय कुमार साह ,समेश नायक ,नरेन्द्र कुमार झा , राम जतन साह , राजु अधिकारि ,प्रकाश रेग्मी , डाक्टर वृजेन्द्र कुमार साह लगायतको उपस्तिथी रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]