०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

धोती र गमछा लाउनेहरु हैन बरु टोपी लाउनेहरुले राष्ट्रघात गरे : मृगेन्द्र सिंह यादव

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

मनोज बनैता
सप्तरी,१ जेष्ठ । राष्ट्रियसभा सांसद मृगेन्द्र कुमार सिंहले धोती र गमछा लाउनेहरु हैन बरु दौरा सुरुवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाएका छन् । यादवले सरकार संग लिपुलेकको जग्गा मिचेको जानकारी हुदाहुदै बाहिर नल्याएको भनी आक्रोश पोखेका हुन ।

राष्ट्रसभामा बोल्दै यादवले भने ‘कोसी, गण्डकी, महाकाली र टनकपुर जस्ता सम्झौताहरु धोती, कुर्ता र गम्छा लगाउने मधेशी नागरिकले नभइ दौरा, सुरुवाल र टोपी लगाउनेले गरेका हुन । उनी प्रधानमन्त्री ओली तिर व्यंग्य गर्दै भने कि हाम्रो प्रधानमन्त्री लाई थाहा नहुनु ले ‘ म कुटे जस्तो गर्छु तिमी रोएजस्तो गर्नु’ भनाईलाई चरितार्थ गरेको छ ।

नेता यादवले प्रश्न तेर्साउदै भने कि के सडक रातारात बनेको हो र हाम्रा प्रधानमन्त्री ले नबुझुन भनेर? उनले थपे “मधेसी जनता राष्ट्रिय स्वाभिमानको रक्षाका लागि ज्यानको बाजी लगाउन तयार रहदै आएको छ । उदाहरण हेर्न तराईका बोर्डर ईलाकामा घुमे हुन्छ । तसर्थ हामी मधेसीलाई सदैव शंकाको दृष्टीले न हेरियोस। ‘

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]