२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्छ : नेता अरगरिया

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१ जेठ। जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् प्रतिनिधीसभा सदस्य सांसद उमाशंकर अरगरियाले दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्ने बताएका छन् ।

प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद अरगरियाले बर्षाको समय आएपछि कोरोनाभन्दा खतरनाक अवस्था आउन सक्ने बताए । उनले गत बर्षकै बर्षाको समयमा धनुषाको पुर्वी क्षेत्र कमला नदिको बान्ध मल्हनिया र फुलबरीयाको बिचमा भत्केका नदीहरुको बाँध अहिलेसम्म नियन्त्रण हुन नसकेको भन्दै अबको बर्षामा गाउँको गाउँ बगाउन सक्ने बताए ।

‘सरकारको ध्यान यतातर्फ छैन’ अरगरियाले भने, “आगामी बर्षको बजेटमा पनि यसतर्फ ध्यान दिइएको अवस्था छैन् ।”
उनले कोरोनाले अर्थतन्त्रलाई पार्ने प्रभावको बिषयमा बजेटमा कुनै तथ्यांक प्रस्तुत नगरिएको बताए ।

उनले बजेट परम्परावादी नै देखिएको भन्दै कोरोनाले प्रभाव पार्न सक्ने बिषयलाई बजेटमा समेटनुपर्ने बताए । उनले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिए ।

प्रदेश २ मा बैज्ञानिक खेतीगर्न लगानी गर्न भन्दै उनले यसो गरिए प्रदेश २ ले समग्र देशलाई पाल्न सक्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]