२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मेयर साहद्वारा मुस्लिमसमुदायका विपन्न परिवारलाई राहत

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५ जेठ। देशव्यापी लक डाउनका कारण मुस्लिम सामुदायको रमजान महिनाको २३ औं दिन आईतबार जनकपुरधाम उपमहानगरपालिका -८ का १ सय २० जना गरिव विपन्न मुस्लिम परिवारलाई राहत वितरण गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले १ सय २० जना विपन्न गरिव मुस्लिमलाई राहत समाग्री वितरण गरिएको हो ।

ईद पर्वलाई मध्यनजर गरि सबैलाई १ किलो सवई, १ किलो चिनी, चाना १ किलो, चुरा २ किलो, मुरही १ किलो लगायतका समाग्री वित्तरण गरिएको हो ।

मेयर साहले ईद मुस्लिम सामुदायको महत्वपुर्ण पर्व रहेको र लकडाउनको कारण गरिव विपन्न समस्यामा रहेको वेला उनीहरुलाई राहत वित्तरण गर्नु सराहनिय कार्य रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।